Logo

भदौ २५ मा सुनुवार विद्यार्थी समाजको सातौँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने


काठमाडौं । सुनुवार सेवा समाजको भातृ संस्था सुनुवार विद्यार्थी समाज संघीय समितिको सातौं राष्ट्रिय महाधिवेशन आउँदो भदौ २५ गते हुने भएको छ । छैठौँ समितिको तीन वर्षे कार्यकाल अवधि पुरा भएकोले नयाँ कार्यसमिति चयनका लागि महाधिवेशन काठमाडौंमा हुन लागेको हो ।

विद्यार्थी समाजले साउन २१ गते संघीय समितिको पूर्ण बैठक सम्पन्न गरेर अध्यक्ष सागर सुनुवारको संयोजकत्वमा सातौँ महाधिवेशन आयोजक समिति गठन गरेको छ । आयोजक समितिको बैठकले भदौ २५ गते महाधिवेशनको मिति तय गरेर महाधिवेशन तयारी तिब्र रुपमा थालेको छ ।
संयोजक सागर सुनुवारका अनुसार सुनुवार विद्यार्थीहरूको शैक्षिक गतिविधिलाई क्रियाशिल बनाउँदै आइरहेको छ । समाजले सुनुवार भाषा, संस्कृतिसँग विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै सुनुवारले भने— ‘समितिले छात्रवृत्ति वितरण, निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन, मातृभाषा प्रशिक्षण, चेतना प्रकाशन लगायतका कार्यहरू गर्दै आएको छ ।’
समाजको प्रदेश १ का सुनसरी, पाँचथर, झापा, इलाम र ओखलढुङ्गा जिल्लामा जिल्ला समन्वय समिति रहेको र बागमति प्रदेशको उपत्यकाको तीन जिल्लालगायत रामेछाप, दोलखा, सिन्धुली जिल्लामा जिल्ला समन्वय समिति रहेको र ति सबै जिल्लाका करिब दुई सय प्रतिनिधिहरुको उपस्थितिमा महाधिवेशन कार्यक्रम सम्पन्न हुने सुनुवारले बताए ।
महाधिवेशनको मिति तय भइसकेको र छोटो अवधिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले आयोजक समिति र जिल्ला समन्वय समितिहरूलाई तिब्र रुपमा महाधिवेशनको तयारी गर्न संयोजक सुनुवारले आह्वान गरेको छन् । विद्यार्थीको महाधिवेशन सम्पन्न गर्न सुनुवार विद्यार्थीहरू लगायत सुनुवार सेवा समाज, व्यवसायी, बुद्धिजिवी, पत्रकार, शिक्षक, कर्मचारी, अभिभावकहरूलाई सहयोग, सल्लाह र सुझाब दिन समेत अनुरोध गरिएको छ ।
महाधिवेशनको अवसरमा मुखपत्र ‘चेतना’ प्रकाशन हुने भएकाले व्यवसायिक विज्ञापन, शुभकामना र लेख, रचना समेत यथासिघ्र उपलब्ध गराउन अनुरोध समाजले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्