Logo

केराबारीमा खसेको पहिरोले नारायणघाट मुग्लिन सडक अवरुद्ध


काठमाडाैं,१६ भदाै ।  खोलासँगै बगेको लेदोले नारायणघाट मुग्लिन सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ केराबारीमा पहिरो खसेको हो । वर्षाका कारण बिहान करिब ६ बजे सडक अवरुद्ध बनेको हो । पहिरो खसेर दुइतर्फि बाटो बन्द हुदा सवारी जाममा परेका छन् । पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्