Logo

डिजेल र मट्टितेलको मूल्य वृद्धि


काठमाडाैं,१७ भदाै ।   नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । नियमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको हो । यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७२ थियो । पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ ।

पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १८१, हवाई इन्धन ९आन्तरिक० को १९०, हवाई इन्धन ९बाह्य०को एक दशमलव ६४ अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ८ सय कायमै छ । आइओसीबाट बिहीबार निगमलाई प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ३९ पैसा, डिजेलमा ६ रुपैयाँ १२ पैसा र हवाई इन्धनमा आठ रुपैयाँ एक पैसाले बढेर आएको छ ।

प्रतिक्रिया दिनुहोस्