Logo

कांग्रेस ५५ अरु ४५ प्रतिशतमा सहमति नजिक


काठमाडाैं,१७ भदाै ।  सत्तारुढ गठबन्धनमा सीट बनाँड फाँटको विषयमा अझै आधिकारीक धारणा नआएपनि छलफल करिव सहमति नजिक पुगेको बताइएको छ । गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस ५५ प्रतिशत र अन्य दलहरु ४५ प्रतिशत सीटक नजिक कुरा टुंगिने छाँट देखिएको हो ।

प्रतिनिधि सभामा १ सय ६५ सीट मध्य नेपाली कांग्रेसलाई ८६ सीट छाडेर बाँकी ७९ सीटमा बाँकी दलहरुले भागबण्डा गर्ने सहमजित नजिक रहेको बालुवाटार श्रोतले बतायो । बिहीबार दिनभरको छलफलपछि कांग्रेस ८६, माओवादी केन्द्र ४७, नेकपा एकीकृत समाजवादी १८, जसपा १३ र राष्ट्रिय जनमोर्चा १ सिट लिनेमा करिब सहमति भएको थियो ।

तर प्रचण्डले आफू ५० सीटबाट तल नझर्ने गरी प्रस्ताव ल्याएपछि सीट बाँडफाँटको समस्या टुंगिन नसकेको कार्यदलका एक नेताले बताए । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटलाई लिएर केही सातादेखि सत्तारुढ दलबीच रस्साकस्सी चलिरहेको छ ।

गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारे गम्भीर छलफल भए पनि निष्कर्षमा पुग्न सकेका छैनन् । माधव प्रचण्ड पार्टीको हैसियत नहेरी सीट संख्यामा बढी दावी गरेपनि गठबन्धनका पक्षमा परिणम ल्याउन मुस्कील छ । त्यसकारण सबै दलहरु लचक भएर परिणाम ल्याउने गरी सबैलाई सम्मन हुँनेगरी अघि बढ्नुपर्ने नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण् महतले बताए ।

 

प्रतिक्रिया दिनुहोस्