Logo

डडेल्धुराबाट प्रधानमन्त्री देउवा प्रतिनिधिमा प्रत्यक्षमा र डा राणाको समानुपातिकका लागि सर्वसम्मत सिफारिसमा


डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ। कांग्रेस सभापति देउवाको गृहजिल्लास्थित कांग्रेसको शुक्रबार बसेको बैठकले डडेल्धुरामा गठबन्धन नगर्ने निर्णय गरेको कार्यबाहक सभापति डिल्लीराज जोशीले जानकारी दिए। ‘स्थानीय तहको चुनावमा पनि गठबन्धन नगरेबोडडेल्धुरामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला समेत रहेको डडेल्धुरामा कांग्रेसको शुक्रबार बसेको बैठकले डडेल्धुरामा गठबन्धन नगर्ने निर्णय गरेको हो ।

यस्तै, जिल्ला कार्यसमितिले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि प्रतिनिधितर्फ प्रत्यक्षमा प्रधानमन्त्री देउवाको नाम सर्वसम्मत सिफारिस गरेको छ। प्रधानमन्त्री देउवाकी पत्नी डा आरजु राणा देउवाको नाम प्रतिनिधि सभामा समानुपातिकका लागि सर्वसम्मत सिफारिसमा परेको छ।

प्रदेश सभा सभामा पनि कांग्रेसले एकल नाम सिफारिस गरेको छ। प्रदेश सभाक  मा कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँद र  ख मा गोबिन्दबहादुर बोहराको एकल नाम सिफारिस भएको छ।

प्रतिक्रिया दिनुहोस्