Logo

सिट बाँडफाँटबारे निर्णायक छलफल होला ?


काठमाडाैं,१९ भदाै ।  सत्ता गठबन्धन दल आगामी निर्वाचनमा सिट बाँडफाँटबारे निर्णायक छलफलमा जुटुने बताइएको छ । पार्टीभित्र दुई दिनसम्म छलफल गरेका दलहरु आइतबार पनि छलफलमै छन् । आइतबार तिनबजे गठबन्धनको कार्यदल र शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यहरुको बैठक आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

बैठकअघि नेताहरुले पार्टीभित्र र अन्तरपार्टीसमेत छलफल गरेका छन् । यस्तै, आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । दुई शीर्ष नेताबीच सिट बाँडफाँटबारे समान धारणा बनाउनेबारे छलफल भएको छ । तर अाजकाे बर्ता निर्णायक बन्ने भनीएपनी सहजै समस्या समाधान हुन कठिन छ ।

प्रतिक्रिया दिनुहोस्