Logo

एक वा दुई लाइन लेखेर ५० हजार पुरस्कार जित्ने मौका

नारा पठाइसक्ने अन्तिम म्याद भदौ २६


काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले आफ्नो संस्थाको प्रतिबिम्ब झल्किने नारा बनाउन सार्वजनिक आह्वान गरेको छ । कोषको काम, उद्देश्य, भूमिका समेटिने गरी आकर्षक नारा बनाउने व्यक्ति वा संस्थाले भदौ २६ मित्र आवेदन दिइ सक्नु पर्ने छ ।

भदौ १४ मा एक सूचना जारी गर्दै कोषले ‘संस्थाको उद्देश्य, कार्य प्रकृति, योगदान, गन्तब्य जस्ता विषय परिचित्रण गरिएको मौलिक हुनुपर्ने’ भन्ने उल्लेख गरेको छ । यस्तो नारा एक वा दुई पंक्तिमा कम्तिमा १० शब्दसम्मको हुनु पर्ने उल्लेख गरिएको छ ।

नारा पठाउनेले आफ्नो परिचय खुलाएर कोषको इमेल, फेसबुक पेज वा सोझै कार्यालय मध्यै कुनै एकमा भदौ २६ सम्ममा आइपुग्ने गरी पठाउन भनिएको छ ।

उत्कृष्ट नाराको एक जना स्रष्टालाई ५० हजार पुरस्कारको व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्