Logo

चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले राष्ट्रपति भण्डारी लाई ४ बजे भेटने


काठमाडाैं, २९  भदाै ।  जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज शिष्टाचार भेटवार्ता गर्दैछन्। राष्ट्रपति भण्डारीसँग उनले बुधबार अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालय शितल निवासमा शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार बिहान भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेर फर्किएका छन्।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा चिनियाँ जनकंग्रेस स्थायी समितिकाका अध्यक्ष ली सोमबार दिउँसो नेपाल आएका हुन्। करिब ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ली नेतृत्वको टोली उत्रिएको थियो।
चार दिने भ्रमणमा आएका लीले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा। नारायण खड्कालगायत नेताहरूसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

नेपाल–चीनबीच अन्तर संसदीय सहयोगसम्बन्धी समझदारीमा बीआरआई ९बेल्ट एन्ड रोड इनिसियटिभ० पनि समेटिएको छ। सभामुख सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख चान्सुले सोमबार गरेको समझदारीमा यो विषय समेटिएको हो। लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको शिष्टाचार भेटमा एक चीनलाई लिएर नेपालले पहिलेदेखि लिएको नीतिलाई लिएर ‘खुसी’ व्यक्त गरेका हुन्। त्यस क्रममा उनले चीनले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए।

प्रधानमन्त्री देउवाले नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको जानकारी दिँदै नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध रहेको बताए। चीनका विरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न नदिने प्रतिबद्धता देउवाले जनाए। उनले नेपालको आर्थिक र सामाजिक क्षेत्रमा लामो समयदेखि चीनले गर्दै आएको सहयोगको प्रशंसा गरे। अध्यक्ष ली बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यतालिका छ।

प्रतिक्रिया दिनुहोस्