Logo

ओखलढुंगामा बालकृष्ण दाहाल र कुमार लुइटेल चुनाव जित्ने बलियो विकल्प


ओखलढुंगा, २९  भदाै । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारीमा लागेका दलहरुलाई टिकट वितरणमा निकै झमेला भएको छ । चुनावी गठबन्धन गर्ने भएपछि सत्तासाझेदार दललाई टिकट वितरणमा अझै सकस परेको छ भने एमालेमा पनि उत्तिकै किचलो छ ।

ओखलढुंगामा नेपाली कांग्रेसले संघीय निर्वाचनका लागि बालकृष्ण दाहाल, रामहरी खतिवडा, खिलानाथ दाहाल र प्रदिप कुमार सुनुवारको नाम सिफरिस गरेको छ । त्यस्तै प्रदेश सभा क मा टेकराज भट्टराई, वेदबहादुर रोका, लिला बल्लभ दाहाल, विनोद कुमार केसी, नविन राई लगायत दर्जनबढीको नाम पठाएको छ भने प्रदेश सभा ख का लागि नेताहरु कुमार लुइटे, रुद्र अधिकारी, बाला अधिकारी, लगायतको नाम सिफरिस भएको छ । एमालेले संघमा अम्बिरबाबु गुरुङ, यज्ञराज सुनुवार, किशोर अधिकारीको नामा पठाएको जनाएको छ । नेकपा माओवादी केन्द्रले भने एकल उमेद्वार राम कार्कीलाई सिफरिस गरेको छ । यसरी हेर्दा माओवादी बाहेकका दलहरुमा टिकट वितरणमा झमेला आउने देखिन्छ ।
खासगरी सत्ता गठबन्धनमा रहेका कांग्रेस माओवादी नेकपा एस र जसपा एकठाउँमा हुँदा सहज जित निकाल्ने देखिन्छ । तर आन्तरिक समस्या गठबन्धनभित्र ठूलो छ । उता एमालेमा पनि सर्वसहमत बनाउन सक्ने अवस्था नहुँदा नेताहरुबीच एकले अर्कोलाई सहज सहयोग गर्ने अवस्था छैन् । दलहरुको रस्साकसीका विच जिल्लामा को बलियो र इमान्दार नेता भन्ने बहस पनि सुरुभएको छ । यी आकांक्षि मध्य ओखलढुंगाका नागरिकका लागि सबैभन्दा इमान्दार र जनताले सहजरुपमा भेटेर आफुना कुरा राख्न सक्ने नेताका रुपमा नेपाली कांग्रेसका नेता बालकृष्ण दाहाललाई लिन थालेका छन् ।

२०६४ को संविधानसभा निर्वाचन देखि निरन्तर जिल्लामै रहेर जनताको सेवा गरेका दाहाल एक निष्ठावान नेता हुन् । उनलाई लोभ लालच र छलकपट गर्न आउँदैन् । जनताका समस्याका बारेमा राम्रो अध्ययान गरेका दाहाल शहिद पुत्र समेत हुन् । गठबन्धन भित्रपनि नेताहरुकाबीचमा एकले अर्कोलाई असहयोग गर्ने परिपाटि पहिलादेखिनै रहदै आएको र भोलीका दिनमा पनि त्यसको पुनराबृति हुने अवस्था देखिएकाले दाहालका हकमा सबै नेताहरुले सहयोग गर्ने वातावरण बन्न सक्ने आम कार्यकर्ताको बुझाइ छ । एमाले भित्रको खटपट र गठबन्धन भित्रको हानाथापकाबीच दाहाललाई नेपाली कांग्रेसले टिकट दिएको खण्डमा जित सुनिश्चित हुने अवस्था रहेको नेपाली कांग्रेस ओखलढुंगाका नेताहरुले बताएका छन् ।

पूर्व सांसद समेत रहेका केन्द्रीय सदस्य रामहरी खतिवडा र अर्का केन्द्रीय सदस्य प्रदीप सुनुवारबीच एक अर्कालाई स्वीका गर्ने अवस्था नआउँने हुँदा सरल र स्वाभिमानी नेता बालकृष्ण दाहाललाई नै टिकट दिनु पर्ने केन्द्रीय नेतृत्वलाई दवाद बढेको छ । निरन्तर पार्टीको हितमा लागेर कसैलाई नविझाएका इमान्दार नेताको छवि बनाएका दाहाललाई केन्द्रीय सभापति शेरबहादुर देउवाले समेत चुनावको तयारीमा लाग्न निर्देशन गरिसकेकाले दाहालको पोल्टामा टिकट आउन सक्ने संकेत देखिएको नेपाली कांग्रेस ओखलढुंगाका एक नेताले बताए । यसो हुँदा माओवादीका राम कार्कीलाई समेत पार्टीले अन्तै पठाउन सक्ने आम कार्यकर्ताहरुको बुझाइ छ । त्यस्तै गठबन्धनको भागबण्डा गर्दा नेकपा माओवादी केन्द्रलाई प्रदेश क मा पठाउँने र प्रदेश ख मा नेपाली कांग्रेसको तर्फबाट कुमार लुइटेललाई टिकट दिने पार्टीको तयारी रहेको बुझिन्छ ।

प्रदेश कार्यसम्पादन समितिका सदस्य समेत रहेका लुइटेल जिल्लाको राजनीतिमा कुनैपनि संसदीय फाँटमा काम गर्न नपाएका नेता हुन् । उनी जिल्लाका निकै लोकप्रिय नेताका रुपमा छवि बनाएका छन् । लुइटेलसँगै रुद्र अधिकारी लगायत नेताहरुले टिकटका लागि जोडबल गरिरहेका छन् । प्रदेशसभा ख मा सहज चुनाव जित्न लुइटेल सबैभन्दा उपर्युक्त पात्र हुन् । गठबन्धनको तर्फबाट प्रदेशसभा क मा मााअ‍ेवादीलाई दिदा रामकुमार कार्की (नविन) को सम्भावना बलियो रहेको नेकपा माओवादी ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्