Logo

उदयीमान युवा उद्यमी राप्रपामा प्रवेश


काठमाडौं । चितवनका युवा उद्यमी रविन अधिकारी राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।

अधिकारीलाई राप्रपाका अध्यक्ष लिङ्देनले बिहीबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा स्वागत तथा पार्टी प्रवेश गराएका थिए ।

अधिकारीलाई राप्रपाले चितवनको कुनै क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने सक्ने आँकलन गरिएको छ । व्यवसायबाहेक अधिकारी धर्म–दर्शन र विज्ञानमा विशेष दखल राख्छन् ।

प्रतिक्रिया दिनुहोस्