समाजवादी पार्टीका संस्थापक मुलायमसिंह यादवको निधन
विकास टाइम्स
प्रकाशित मिति : 10 October, 2022

विकास टाइम्स
प्रकाशित मिति : 10 October, 2022

काठमाडौ । भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक मुलायमसिंह यादवको निधन भएको छ । ८२ वर्षीय यादवको पिशाव संक्रमण तथा उच्च रक्तचापको समस्यासँगै स्वास प्रश्वासमा समस्या देखिएको थियो ।उनलाई थप उपचारका लागि मेदान्त अस्पतालमा भर्ना गरिएको थियो ।
उनका छोरा अखिलेश यादवलाई मुख्यमन्त्रीसहित राजनीतिको बागडोर सुम्पेर उनी केही वर्षयता सक्रिय राजनीतिमा कम थिए । यद्यपी पछिल्लो समय बाबुछोराबीच समेत सियासतको विषयमा खटपट भएको थियो । नेपालसँग सिमाना जोडिएको युपीमा लामो समय शासन चलाएका यादवको नेपालसँग गहिरो मित्रता थियो ।उनी पशुपति दर्शनका लागि पछिल्लो समय आएका थिए ।
प्रतिक्रिया दिनुहोस्

