नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको उम्मेदवारी खारेज
विकास टाइम्स
प्रकाशित मिति : 11 October, 2022

विकास टाइम्स
प्रकाशित मिति : 11 October, 2022

काठमाडौ । कैलाली( २०७२ सालमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ।
नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया(२ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी कैलाली(१ मा उम्मेदवारी दिएर निर्वाचित भएका थिए । जिल्ला र उच्च अदालतले दोषी ठहर गरेका चौधरीले डिल्लीबजार कारागारमा बसेर आफूमाथिको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन्। रेशमको उम्मेदवारी खारेज भएपछि उनले उम्मेदवारी दिएको क्षेत्रमा नाराबाजी सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस्

