रूपन्देही २ मा गठबन्धनका साझा उम्मेदवार र स्वतन्त्रबाट उठेका दुवै उम्मेदवारको उम्मेदवारी खारेज
विकास टाइम्स
प्रकाशित मिति : 12 October, 2022


रूपन्देही । रुपन्देही २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका राजु गुरुङ र हाम्रो नेपाली पार्टीका उम्मेदवार डा। कमल भुसालको उम्मेदवारी खारेज भएको छ । उम्मेदवार हुन अयोग्य देखिएको भन्दै मंगलवार निर्वाचन अधिकृतको कार्यालयले उनीहरुको उम्मेदवारी खारेज गरेको हो । हाम्रो नेपाल पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका निकोलस भनिने कमल भुसालले आफूलाइ स्वतन्त्र उम्मेदवार भनेर प्रचार गरेका थिए ।
सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलवार राती एक सूचना प्रकाशित गरी गुरुङ र भुसालको उम्मेदवारी खारेज भएको जानकारी गराएका हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थानमा सरकारी छात्रबृत्तिमा अध्यनरत भुसाल चुनाव लड्न पाउँदैनन् । यसअघि आयोगले सूचना ढिलाइ गरेको भन्दै आलोचना भएको थियो । गठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा एसका राजु गुरूङ, स्वतन्त्र उम्मेदवार भन्दै आएका डाक्टर निकोलस भुसाल र हेमराज बस्याल तीनै जनाको उम्मेदवारी खारेज भएको आयोगले जारी गरेको सूचनामा जनाइएको छ ।

