लघुवित्त र विपन्नलाई दिने कर्जा सुरक्षणकालागि एनआइशीले गर्यो सम्झौता
विकास टाइम्स
प्रकाशित मिति : 20 October, 2022


काठमाडौं । एनआइसी एशिया बैंकले लघुवित्त तथा विपन्न वर्गलाई दिने कर्जा सुरक्षणका लागि निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ ।
कोषसँग भएको सम्झौतामा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कोषका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडेलले हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा हस्ताक्षर भए सँगै एनआईसी एशिया बैंकले लघु वित्त तथा विपन्न वर्ग कर्जा अन्तर्गत बिना धितो सामूहिक जमानीमा लगानी गर्ने प्रति व्यक्ति दश लाखसम्म, शैक्षिक प्रमाणपत्र धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति रु।सात लाखसम्म, धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति रु। बीस लाखसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितो अन्तर्गत लगानी गर्ने प्रति व्यक्ति रु। दश लाखसम्म र कोषको पूर्व सहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजना अन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामहिक जमानीमा लगानी गर्ने रु। पन्ध्र लाखसम्मको कर्जा कोषले सरक्षण गर्नेछ।
यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क बार्षिक ०.८ प्रतिशत रहेकोमा ५० प्रतिशत नेपाल सरकारले अनुदान वापत व्यहोर्ने र बाँकी ५० प्रतिशत एन आई सी एशिया बैंक लिले कोषमा बुझाउने कोषले जनाएको छ । कोषमा सुरक्षित कर्जा लिने ऋणीको मृत्यु भएमा वा प्राकृतिक प्रकोपबाट परियोजना नष्ट भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असूली हुन नसकेमा बैंकले दाबी गर्न सक्ने र उक्त दाबीमा कोषले ७५ प्रतिशत भुक्तानी गर्नेछ ।

