Logo

त्रिदेशीय नाका र सुख्खा बन्दरगाहलाई म पाँच वर्षमा पूर्णता दिन्छु : पूर्व मन्त्री लेखक


आगामी मंसिरमा ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि यतिबेला सबै दलका उम्मेदवारहरु चुनावी मैदानमा छन । चुनावी परिणाम आफ्नो पक्षमा पार्नका लागि पार्टीका नेता तथा उम्मेदवारहरु आ-आफ्नो निर्वाचन क्षेत्र अन्र्तगत गाउँ गाउँमा मतदाता रिझाउन थालेका छन ।
यसै बिचमा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार   छन ।  २०५६ सालको निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. ३ बाट निर्वाचत भएका लेखक दुई पटक मन्त्री भइसक्नु भएको छ । २०७४ सालको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारसंग थोरै मतले पराजय बेर्होनु परेका उहाँ यसपटक चुनाव जित्ने दाउँमा हुनुहुन्छ । आगामी निर्वाचनलाई केन्द्रिय गर्दै पूर्व मन्त्री रमेश लेखकसंगगरेको कुराकानी  :
 के एजेण्डा लिएर मतदाता माझ जादै हुनुहुन्छ ?
मूलतः हाम्रा दुईओटा एजेण्डा छन् । पहिलो यो भन्दा पहिला माननीय केपी शर्मा ओलीज्यूको नेतृत्वमासरकार बन्यो, त्यो सरकार र खास गरेर केपी शर्मा ओलीज्यूले प्रधानमन्त्री हुने बित्तिकै यो संविधान भत्काउने काम सुरु गर्नुभयो । त्यसका दर्जनौं उदाहरणहरु छन् एकपछि अर्को संविधान भत्काउने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी राज्य निर्माण गर्ने जुन हाम्रो उद्देश्य थियो तयसलाई कमजोर गर्ने काम केपीशर्मा ओलीज्यूबाट भयो त्यसको परिणाम के भो त भन्दा तत्कालीन केपी शर्मा ओली ज्यूकै नेतृत्वको सरकार र पार्टीलाई समेत छोडेर प्रचण्डजी, माधवनेपालजी बाहिर निस्बकनु भो र हामी त प्रतिपक्षमा थियौं अनि हामी नेपाली कांग्रेस, प्रचण्डजी, माधवजी मिलेर संघीय लोतान्त्रिक शासन व्यवस्था र यो संविधानको रक्षा  गर्नका लागि हामी एक ठाउँमा उभियौँ ।
अहिलेको निर्वाचनको जुन तालमेल छ तयो पनि त्यसकै निरन्तरता हो । त्यसको अर्थ के हो त भन्दा हाम्रो पहिलो राष्टिय एजेण्डा भनेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यउवस्थाको सुदृढीकरण, अहिलेको संविधानको सुरक्षा र अहिलेको संविधानलाई ठिक ढंगले कार्यान्वयन गर्ने हाम्रो राष्टिय एजेण्डा हो भने स्थानीय स्तरमा विकासका गतिविधिहरु अगाडि बढाउने हाम्रो दोस्रो एजेण्डा हो ।  जस्तो कञ्चनपुर जिल्लामा विकासका गतिविधिहरु अगाडि बढाएर लैजाने एजेण्डाका साथ हामी चुनावी मैदानमा छौँ ।
२०७४ को निर्वाचनमा थोरै मतले पराजय भोग्नुपर्यो यसपटक त्यो हारलाई जितमा परिणत गर्न कसरी लाग्नु भएको छ ?
यहाँले भन्नुभएको जस्तै योभन्दा पहिलेको निर्वाचनमा म थोरै मतले पराजित भएको थिए । मलाई आफैलाई के लागिराख्याथियो भने त्यो बेला मेरो अलिकता सम्पर्क कमजोर भा को हो कि ? अलिकता बढी भन्दा बडी साथीभाई तथा दाजुभाई दिदीबहिनीहरु, मतदाताहरुलाई बढीभन्दा बढी भेट्न नपाएको हो कि ?भन्ने पनि  मलाई लागेको थियो  र मेरा प्रति अलि बढी गुनासाहरु छन् कि जस्तो लागेको थियो । त्यसकारण अहिले म बढी मतदाताहरुलाई, बढीभन्दा बढी मतदाताहरुलाई भेट्ने, उहाँहरुलाई भेट्ने, उहाँहरुका कुरा सुन्ने, आफ्ना कुरा भन्ने गर्छु र यसले मलाई यहाँको मतदाताले सहयोग गर्नुभाछ र यसपटक पनि विश्वास गर्नुहुन्छ भन्ने मलाई विश्वास  छ ।
तपाईले भन्ने गरेको त्रिदेशिय नाका कसरी बन्छ ? र त्रिदेशिय नाका बनेपछि सुदूरपश्चिम समृद्ध हुन्छ ?
यो सबैभन्दा महत्वपूर्ण कुरा हो भन्ने मलाई लागेको छ । यो त्रिदेशीय नाका मैले पटकपटक भनिराखेको छु र वास्तममा यो मेरो सपना पनि हो । यो नेपाली कांग्रेसको पनि सपना हो र अहिले हामी तालमेल गरेर निर्वाचन लडिराखेका छौँ यो गठबन्धनको पनि एजेण्डा हामी बनाउछौँ । त्रिदेशीय नाका भनेको यो ठाउँलाई दक्षिणतिर मित्रराष्ट भारतलाई जोड्ने र उत्तरतर्फ मित्रराष्ट चीनसँग जोडेर यसलाई यो देशको धेरै ठूलो व्यापारिक औद्योगिक, धार्मिक, पर्यटकीय नाकाका रुपमा यसलाई विकास गर्न सक्छौँ भन्ने मेरो विश्वास छ । त्यसका निमित्त हामीले महाकाली नदीमा पुल निर्माण गरिसकेका छौँ, म यहाँलाई स्मरण गराउन चाहान्छु अहिले महाकाली नदीमा बनेको पुल र त्यसैसँग जोडर बनेको सडक छ त्यो म आफै मन्त्री भएको बेला मैले टेन्डर गरेर निर्माणको काम प्रारम्भ गरेको हो । त्यसको भएको हुनाले यो पुल निर्माणको काम त्यही त्रिदेशीय नाका बनाउनका लागि हो  र दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने, महाकाली नदीमा पुल बनिसकेको छ, अनि सुख्खा बन्दरगाहसम्म मित्रराष्ट भारतले पनि आफ्नो सडक जोड्छ र महाकाली किनारकिनार सडक निर्माण गरेर चीनको तिव्वतलाई जोड्छौँ र यो नेपाल भारत र नेपाल चीनका बिचमा सबभन्दा ठूलो नाकाका रुपमा विकास हुन्छ ।

 तपाईले भन्नु भएको महाकालीमा पक्की पुल त विपक्षी दलले हामीले बनाएको भनेर दाबी गरेको छ नी ?
उहाँहरुले तथ्यांक देखाए भैगो नि त । यो पुलको टेन्डर हुँदा देशमा पुल बनाउने मन्त्रालय भनेको भौतिक पूर्वाधार मन्त्रालय हो । त्यो मन्त्रालयको मन्त्री म थिए, पुल बनाउने निर्णय मैले गरेको हो , तयो निर्णय अनुसार बजेट विनियोजन गरेर त्यसको ठेक्का मैले गराएको हो । त्यसको ठेका भइसकेपछि ठेकदार नियुक्त भइसकेपछि म मन्त्रीबाट हटेको हुँ । सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाजीले त्यसको शलिान्यास गर्नुभएको हो । अनि एमालेले कहाँनिर त्यो पुल बनायो ? कहिले त्यसको टेन्डर भयो? कहिले त्यसको ठेक्का भयो ? कहिले पुल बनाउने काम प्रारम्भ भयो ? उहाँहरुले त्यो मिति देखाए भइगो नि ।
तपाई मन्त्री भएको बेला कञ्चनपुरमा के-के विकास गर्नुभयो ?
मैले धेरै गरेको छु बाँकी केही पनि छैन भनेर म भन्दिन तर म यहाँलाई स्मरण गराउन चाहान्छु २०५६ सालमा म यो ठाउँबाट निर्वाचित भएर गइसकेपछि महाकाली नदीमा झोलुंगे पुल बनाउने काम भएको हो । अहिले जुन दोधरा चाँदनी र भीमदत्त जोड्ने त्यत्रो ठूलो झोलुंगे पुल पनि त्यसै बेला बनाएको हो । यो क्षेत्रको खास गरी उत्तरी भेगमा जसलाई हामी घाडिघाँच भन्छौँ त्यहाँ खानेपानीको विकट समस्या थियो, खानेपानीका ठूलठूला ट्यांकीहरु निर्माण गर्ने काम त्यसैबेला सुरु भएको हो । महाकाली नदीको बाढी नियन्त्रणको काम हामीले त्यसैबेला सुरु गरेका हौँ । त्यसपछिका दिनहरुमा म यहाँबाट निर्वाचित भएपछि महाकालीमा चार लेनको पक्की पुल, जोगबुडा नदीमा बाँध निर्माण गर्ने काम , यो क्षेत्रका अरु नदीहरुमा पनि बाढी नियन्त्रण गर्ने काम भएको छ र अर्को एउटा महत्वपूर्ण काम हामीले गरेको भनेको यो कंचनपुर जिल्लामा र यो ठाउँमा विश्वविद्यालय स्थापना गर्ने कुरा पनि म संसद भएकै बेला त्यो विधेयकको छलफलमा, डूफ्टमा, प्रारम्भिक मस्यौदा गरेर संसदबाट पास गर्दासम्म म आफै लागेर त्यो विधेयक तयार गरेर विशवविद्यालय स्थापना गर्ने कुरामा पनि मेरो मेहेनत रहेको हो ।
त्यसका सँगसँगै एयरपोर्ट बनाउने काम पनि अगाडि बढाएको हो, मैले फेरी टेन्डर गरेको भने होइन, त्यसमा भ्रम नहोस्  ।  त्यो एयरपोर्टको दक्षितिरको जग्गा लिएर एयरपोर्ट बनाउनुपर्छ भन्ने काम सुरु गरेको हो तर त्यो जग्गा समयमा पाइएन पछि टेन्डर भने अरु साथीहरुले गर्नुभएको हो । त्यसैगरी स्वास्थ्यको क्षेत्रमा पनि कुराहरु अगाडि बढेको हो ।
सुख्खा बन्दरगाह निमार्ण प्रक्रिया कहाँ पुगेको छ ?
सुख्खा बन्दरगाह को कुरा मूलतः मैले भनेनि त यो त्रिदेशीय नाका हो, यो दुई देशका बिचको सम्झौता नभई अगाडि बढ्दैन । अब हिन्दुस्थानसँग हाम्रो सैद्धान्ति सहमति भइसकेको छ, भारतले सुख्खा बन्दरगाहसम्म आफ्नो भौतिक संरचना पुगाउने र सुख्खा बन्दरगाहको भौतिक निर्माण पनि गरिदिने भनिसकेको छ, सम्झौता भएको छ र अब यो निर्वाचनपछि म तपाई मार्फत के प्रतिबद्धता व्यक्त गर्न चाहान्छु भने म यहाँबाट निर्वाचित भएर गए हाम्रो गठबन्धन यहाँबाट निर्वाचित भएर गयो भने हामी पाँच वर्ष भित्रमा यो ठाउँमा सुख्खा बन्दरगाह बनाएर नेपाल र भारतबको बिचमा एउटा ठूलो नाकाका रुपमा हामी विकास गरिक्छौँ ।

अहिले माओवादी केन्द्र संग गठबन्ध छ गठबन्धनबीच चुनावी सहकार्य कसरी भइरहेको छ ?

हो हाम्रो मुलतः माओवादीसँग नै गठबन्धन छ । त्यसो भएको हुनाले हामी नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेर गइरहेका छौँ । विभिन्न पाटीका निकायहरुमा संयुक्त प्रचारप्रसार समिति गठन गर्ने, र ती प्रचारप्रसार समितिहरु मार्फत नै संयुक्त रुपले अगाडि बढ्छौ र गठबन्धनकै भाव अनुसार अगाडि बढ्छौँ ।
८. निर्वाचन जितेपछि कतिपय जनप्रनिधिलाई जनताले अहिले देख्न पाएका छैनन । चुनाव जित्नुभयो भने तपाईपनि गुमनाम त हुनुहुन्न ?
हुँदैन, किनभने मलाई कतिपय मानिसहरुले आरोप पनि लगाउँछन्, धेरै पटक यही मानिस चुनाव लडिरहेको छ भनेर, म पहिलो पटक चुनाव लडिरहेको होइन, म योभन्दा पहिला पनि निरन्त चुनाव लडिरहेको छु, निरन्तर जनताको सम्पर्कमा छु, निरन्तर आएको छु । बरु यो प्रश्न त तपाईले जो मानिस एकपटक निर्वाचन लड्छन् त्यसपछि हराउँछन, त्यसपछि पाटीले अर्कोलाई चुनावमा ल्याउछ ती मान्छे हराउँछनु फेरी अर्कोलाई ल्याउँछ ती साथीहरुलाई र ती पाटीहरुलाई सोध्नुभए हुन्छ । मेरो चाँहि त्यस्तो होइन । मेरो जनताहरुसँगको सम्बन्ध निरँतर र अटुट रहन्छ, म हराउने र भाग्ने मान्छे होइन । काम गरेर मैले यति काम गरेको छु भनेर जनताका बिचमा फर्केर आउने मान्छे हुँ ।

 तपाई आफुलाई मतदाता माझ कसरी चिनाउनुहुन्छ ?
मैले भनिहाले म सम्पूर्ण कंचनपुर जिल्लाको, यो कंचनपुर जिल्ला क्षेत्र नं. ३ का आदरणीय दिदीबहिनी दाजुभाईहरुलाई, मतदाताहरुलाई म आग्रह गर्न चाहान्छु, निवेदन गर्न चाहान्छु, मैले दुइृटा एजेण्डा भनेको छु, त्यो राष्टिय स्तरमा संघीय लोकतन्त्रात्मक शासन व्यवस्था र शमावेशी चरित्रको राज्य निर्माण गर्ने जुन राजनीतिक उद्देश्य छ त्यसको सुदृढीकरणका निमित्त, यो संविधानको सुरक्षाका निमित्त र देशमा स्थिरता ल्याएर विकास गर्ने, समृद्धि गर्ने, सुशासन दिने र दीगो शान्ति स्थापना  गर्ने हाम्रो राष्टिय लक्ष्य हो भने यो ठाउँको विकास हाम्रो अर्को एजेण्डा हो । त्रिदेशीय नाका र सुख्खा बन्दरगाहलाई म पाँच वर्षमा पूर्णता दिन्छु र यो ठाउँको यो देशको सम्पन्न र धनी ठाउँ बनाउने मेरो उद्देश्य र लक्ष्य छ । यो नाकाले नै यो ठाउँलाई यो देशको सबैभन्दा धनी बनाउने मेरो लक्ष्य हो । यो बाहेक शिक्षा, स्वास्थ्य, यातायात, विश्वविद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न काम गर्छु ।  स्थानीय तहसँग हातेमालो गरेर विकासका गतिविधि अगाडि बढाउँछु ।

प्रतिक्रिया दिनुहोस्