Logo

सरकारमा बस्नेकाे इच्छाले समस्या आयाे : प्रधानमन्त्री देउवा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा बस्नेहरूको इच्छाले ुकेही समस्याु आएको बताएका छन् । दीपावली, छठ, नेपाल संवत्को अवसरमा प्रेस युनियनद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले नयाँ संविधान बनेकोले लोकतन्त्रको सुदृढीकरण हुने विश्वास व्यक्त गरे । ूतर, सरकारमा बस्नेहरूको इच्छाले केही समस्या आयो,ू उनले भने ।

युनियनका अध्यक्ष बिव लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रता प्रजातन्त्रको लागि आवश्यक रहेको बताए । अहिलेको गठबन्धनले प्रेस स्वतन्त्रतामा कुनै बन्देज नलगाएको उनको भनाइ छ । प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेका छौँ । अझै धेरै बाँकी छ,उनले थपे ।

फरक प्रसंगमा उनले देश कोरोनाबाट मुक्त नभएको बताए । त्यसमाथि डेंगी थपिएकोमा चिन्ता व्यक्त गरे । ूदेश कोभिडबाट मुक्त भएको छैन । डेंगी कहाँबाट आयो,ू उनले भने ।

प्रतिक्रिया दिनुहोस्