Logo

भोजपुरमा चुनावी सभा स्थल नजिकै बम विष्फोट एकजना घाइते


काठमाडौं । भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभा स्थल नजिकै बम विष्फोट भएको छ । पौवादुङमा गाउँपालिका–२ को तिवारी भन्ज्याङमा हुन लागेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने तय थियो ।

सभा हुने ठाउँभन्दा केही पर विष्फोट भएको र विष्फोट भएको वस्तु सानो प्रकृतीको बम भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी शरद थापाले जानकारी दिए । उनका अनुसार विष्फोटमा एकजना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्