Logo

चितवन–२ मा यसरी बदलिन सक्ला मतदाना मनोविज्ञान


रवि र रविन कसरी फरक विकल्प ?

काठमाडांैं । चितवन क्षेत्र नम्बर २ मा स्वभाविक रुपमा नेकपा (एमाले)को पकड तेहेरिनु पर्ने हो । किनभने कृष्णभक्त पोख्रेलले यस क्षेत्रबाट दुई पटक चुनाव जितिसकेका छन् । पोख्रेलको विकल्प छान्नु पर्दा गठबन्धनका उमेश श्रेष्ठ अगाडि आउनु पर्ने हो । श्रेष्ठको व्यवसायिक फैलावट काठमाडौंमा मात्रै होइन, चितनवमा पनि उनी बलियो अवस्थामा हुनुपर्ने थियो ।

तर परिदृश्य अहिले फेरिएको छ । चितनवका मतदाता नयाँ वा वैकिल्पक राजनीतिक शक्तितिर आकर्षित भइरहेको आँकलन भइरहेको छ । एक अनलाइन पोर्टलले गरेको सर्वेक्षणमा रवि लामिछानेको अग्रता देखायो । यसबीच रविलाई रोक्नु पर्छ भन्ने सोच नेकपा एमाले र नेपाली कांग्रेसमा पनि विकास भयो । उनीहरु दुई मध्ये एकले छाडेर रवि रोक्ने योजना पनि बनाए । तर अन्तिम समयमा आएर त्यो प्रयास काम नलाग्ने देखियो । किनकी मैदानमा राप्रपाका रविन अधिकारी पनि प्रतिस्पर्धामा थिए ।

रविन अधिकारीको स्थान अहिले चितवनमा त्यस्तै छ, जस्तो काठमाडौं महानगरको चुनावमा सुमन सायमीको थियो । सायमीको चर्चा कतै थिएन । तर उनको मतले सिर्जना सिंह वा केशव स्थापित हराउन महत्वपूर्ण बन्यो । यद्यपि रविन अधिकारीको चर्चा चितवनमा मात्रै होइन काठमाडौंमा वा केन्द्रका मिडियामा समेत छ ।

राष्ट्रिय टेलिभिजनहरुले उनी पत्याइएका उम्मेदवारमा पर्छन् । तर मिडियाले मात्रै पत्याएर त हुँदैन । यसका लागि स्थानीय मतदाताले उम्मेदवारलाई हेर्ने पत्याउने वातावरण पनि बन्नु पर्छ । यति बेला चितवनमा राप्रपाका विक्रम पाण्डे र रविन अधिकारी सर्वाधिक चर्चामा छन् ।

राप्रपाबाट चुनावी प्रतिस्पर्धा गरिरहेकाहरु मध्ये जित्ने सम्भावना भएका भनेर विश्लेषण गरिएकाहरु राजेन्द्र लिंङ्देन, कुन्ति पोख्रेल, विक्रम पाण्डे, ज्ञानेन्द्र शाही, धवन शमशेर राणा, रविन अधिकारी, मोरङबाट रेखा थापाको चर्चा गरिएको छ । यो विश्लेषणमा रेखाको नाम चाहिँ चर्चा मात्रैका लागि समावेश गरिएको हो भन्ने बुझ्न गाह्रो छैन । किनभने थापा फिल्म क्षेत्रमै सर्वाधिक विवादमा पर्ने, बोली र व्यवहारमा अशिष्टता भएकी भनेर बढी टिप्पणी हुने गथ्र्यो ।

चितवन २ मा रवि लामिछानेको प्रभाव बिहीबारको आम सभामा पनि देखियो । यो लहर मतपत्रमा पनि देखियो भने उनको विजयलाई रोक्न सक्ने केही छैन । तर यसै बीच निर्माण हुँदै गएको मनोविज्ञान हो ‘नागरिकता नै खारेज भयो भने फेरि उपनिर्वाचन हुन्छ । अहिले हालेको मतको काम लाग्दैन भने रविलाई नै किन हाल्ने ?’ रविको नागरिकताका विषयमा केही स्पष्ट विवाद छन् ।

ती विवादहरु हुन्ः
क) अमेरिकाबाट रवि नेपालमा अमेरिकी पासपोर्टमा पर्यटक बनेर आएका थिए । दाजु हरिशरण लामिछानेको भाइको नाताले लामो अवधिको सस्तैवाला भिसामा उनी नेपालमा बसे ।

ख) न्युज २४ मा काम गर्दा उनी वर्क परमिट लिएर काम गर्थे । उनले अमेरिकी नागरिकता र पासपोर्ट त्यागेका थिएनन् ।

ग) विवाद भएपछि उनले अमेरिकी दूतावासमा लगेर भिसा र नागरिकता बुझाए । तर उनले अमेरिकाको नागरिकता लिने बेला नेपालको नागरिकता त्यागेका थिएनन् ।

घ) अमेरिकी नागरिकता त्यागेको प्रमाण ल्याएर नेपालबाट पुनः नागरिकता लिन पाइन्थ्यो । तर उनले पुरानै निष्क्रिय नगरेको नागरिकताबाट उम्मेदवारी दिए ।

ङ) यो हिसाबले उनको नागरिकता पहिले नै खारेज भइसकेको अवस्थामा थियो । तर यो देश नेपाल भएका कारण यस्ता विषयमा खास खोजविन हुँदैन । किनभने राजेन्द्र महतोले पहिले आफ्नो नागरिकता निकाले, अनि बाबुको बनाइ दिए । देवेन्द्रराज कँडेलसँग भारतको पनि नागरिकता छ । यस्ता धेरै छन् ।
यस्ता विवादका कारण पनि यसपटकको चुनावमा रवि–रविन प्रतिस्पर्धा हुने सम्भावना नकार्न सकिन्न । टिप्पणी

 

प्रतिक्रिया दिनुहोस्