कांग्रेस नेता शेखर कोइरालाले मोरङको आदर्श स्कुलमा गरे मतदान
विकास टाइम्स
प्रकाशित मिति : 20 November, 2022
काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले मोरङको आदर्श स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभाका उम्मेदवार रहेका उनले विहान ७:४५ बजे सो मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनीसहित यो क्षेत्रबाट प्रतिनिधिसभामा १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।