नेपालका लागि मयन यादवले अर्धसतकसहित ६१ रन बनाए। त्यस्तै आकाश त्रिपाठीले १९, अर्जुन कुमालले १२, सन्तोष यादवले ११, नरेन भट्टले १२, उत्तम मगरले १७ र नरेन साउदले १६ रन बनाए।
यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले ४९.५ ओभरमा अलआउट हुँदै २३३ रन बनाएको थियो। श्रीलंकाका लागि सारुजन सनमुगन्थनले सर्वाधिक ६२ रन बनाए। त्यस्तै लक्भिन अवेसिंघेले ५० रन, कभिजा गमेगेले ३७ रन र भिमाथ दिन्सारा र दुलनिथ सिगेराले २४-२४ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
यु-१९ एसिया कपमा नेपाल बी समूहमा रहेको छ। श्रीलंकापछि नेपालले बंगलादेश र अफगानिस्तानसँग खेल्नेछ। समूह एमा भने भारत, पाकिस्तान, युएई र जापान रहेका छन्।
प्रतिक्रिया