अविरल वर्षासँगै देशभरका विभिन्न राजमार्ग अवरुद्ध, यी मार्गमा छ पूर्ण अवरोध

अविरल वर्षासँगै देशभरका विभिन्न राजमार्ग अवरुद्ध, यी मार्गमा छ पूर्ण अवरोध


काठमाडौँ । लगातार परिरहेको वर्षाका कारण देशका विभिन्न राजमार्ग र सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार कोशी र बागमती प्रदेशका दर्जनौँ स्थानमा सडक अवरुद्ध भई यातायात सञ्चालनमा समस्या उत्पन्न भएको छ।

कोशी प्रदेशमा आठ खण्ड पूर्ण अवरुद्ध भएका छन् । अविरल वर्षाका कारण कोशी प्रदेशका सङ्खुवासभा, ओखलढुङ्गा, उदयपुर, धनकुटा र इलाममा राजमार्ग अवरुद्ध भएका हुन् ।

यस्तै बागमती प्रदेशमा पनि ठुला राजमार्ग बन्द छन् । प्रदेशका रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर र सिन्धुलीमा  राजमार्ग बन्द भएका हुन् ।

nepal-police-notice-543x768-1759718695.png