सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य


काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १५६ रनको चुनौती दिएको छ ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले अर्ध शतक प्रहार गरे।

उनले ५२ बलको सामना गर्दा तीन चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ६३ रन बनाए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएका थियो ।