चुनावपछि मोदीको सन्देश : ‘नेपालसँग शान्ति, प्रगति र समृद्धिका लागि सहकार्य’

चुनावपछि मोदीको सन्देश : ‘नेपालसँग शान्ति, प्रगति र समृद्धिका लागि सहकार्य’


काठमाडौं । भारतको विदेश मन्त्रालयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँग टेलिफोन संवादमा भएको कुराकानीबारे जानकारी गराएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार एक सम्बोधन गर्दै भारत र नेपालबीच बहुआयामिक साझेदारी तथा सम्बन्ध रहेको स्मरण गरे ।

‘प्रधानमन्त्रीले उहाँहरूलाई के सन्देश दिनुभयो भने, एक असल मित्र र छिमेकीको नाताले भारत नेपालका जनता र नयाँ सरकारसँग नजिक रहेर काम गर्न तथा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइमा पुग्न आफ्नो प्रतिबद्धतामा अडिग छ,’ प्रवक्ता जैसवालले भनेका छन् । छिमेकीको नाताले भारत नेपालका जनता र नयाँ सरकारसँग नजिक रहेर काम गर्न तथा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइमा पुग्न आफ्नो प्रतिबद्धतामा अडिग रहेको पनि उनले बताएका छन् ।

‘नेपालमा चुनाव सफलतापूर्वक सम्पन्न भएपछि, हामीले यस निर्वाचनको परिणामलाई स्वागत गरेका छौं,’ उनले भनेका छन्, ‘प्रधानमन्त्रीले उहाँहरूलाई के सन्देश दिनुभयो भने, एक असल मित्र र छिमेकीको नाताले भारत नेपालका जनता र नयाँ सरकारसँग नजिक रहेर काम गर्न तथा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइमा पुग्न आफ्नो प्रतिबद्धतामा अडिग छ ।’ हामी आगामी दिनहरूमा यो सम्बन्ध निरन्तर अघि बढ्ने र झनै मजबुत हुँदै जाने अपेक्षा गरेको पनि उनले उल्लेख गरे ।