कांग्रेसले निर्वाचन आयोगमा बुझायो नवनिर्वाचित कार्यसमितिको विवरण

कांग्रेसले निर्वाचन आयोगमा बुझायो नवनिर्वाचित कार्यसमितिको विवरण


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा बुझाइएको छ ।

महामन्त्री प्रदीप पौडेलले आज निर्वाचन आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई नयाँ केन्द्रीय कार्यसमितिको विवरण बुझाएका हुन् । आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा विवरण पेस गरिएको हो ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि बुझाइएको हो ।

महामन्त्री पौडेलले नयाँ कार्यसमितिको विवरणसँगै पार्टीको विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज र महाधिवेशनका निर्णयसमेत आयोगमा बुझाएका छन् ।