जेनेभाबाट सभामुखले भने-‘आउनुहोस्, शान्ति, न्याय र समृद्धिका लागि सँगसँगै काम गरौँ’

काठमाडौँ । सभामुख देवराज घिमिरेले अहिलेको विश्व समुदायलाई बढ्दो द्वन्द्व, व्यापार तनाव, आर्थिक तथा सामाजिक असमानता, जलवायु परिवर्तनले निम्त्याएको अस्तित्वको संकट, महामारी र नयाँ प्रविधिहरूले जटिल परिस्थितसँग जुध्न बाध्य पारेको बताएका छन्। जेनेभामा आयोजित संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै समग्रमा बहुपक्षीयताको आधारभूत संरचना नै संकटमा परेको बताए। उनले भने, ‘हामी संसद् र सांसदहरू…