सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दा हेर्दैमा’

काठमाडौं। काठमाडौ जिल्ला अदालतमा दायर क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दालाई हेर्दा हेर्दैमा राखिएको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा आइतबार सुरुमा पीडितका तर्फबाट सरकारी वकिलले बहस गरेका थिए। आइतबार दिउँसो खाजा समयपछि पनि सरकारी वकिलले बहस गर्दा नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो। आइतबार बहस पूरा नभएपछि यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको अदालत प्रशासनले जनाएको छ। मुद्दाको…