किसानको सारथी बन्दै सहकारी, कृषि व्यवस्थापन देखि किसान पुरस्कृत गर्दै

स्याङ्जा । देशभरका केहि सहकारीमा समस्या उत्पन्न भएर बचतकर्ताको रकम डुबेको खबर आईरहेको बेला स्याङ्जाको एक सहकारी संस्था भने स्थानीय किसानको सारथी बन्दै आएको छ । सहकारीले कृषिमा व्यवसायीकरण, सामाजिक सामुदायिक कार्यक्रम र क्षमता विकासमा काम गर्दै आउँदा किसानको सारथी बनेको हो । जिल्लाको अर्जुनचौपारी गाउँपालिकास्थित ग्रामिण स्वावलम्बन साना किसान कृषि सहकारी संस्थाले कृषिमा व्यवसायीकरण…