राजमार्ग अवरुद्ध, राहत र उद्धारमा समेत कठिनाइ
प्रकाशित मिति : 13 August, 2017

मलेखु : पाँच दिनदेखि लगातारको वर्षाका कारण जिल्लाको विभिन्न स्थानमा पहिरो गएको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङ खण्डमा गएको पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको छ । धादिङबँेसी–काठमाडाँै यातायात पहिरोका कारण अबरुद्ध भएकाले पहिरो पन्छाएपछि एकातर्फी यातायात सञ्चालनमा ल्याइएको गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिए ।
गजुरी गाउँपालिकाको गौदीमा,बेनिघाट रोराङगाउँपालिका अन्तर्गत जवाङमा र ज्यामिरेघाटमा आएको पहिरोले यातायत सेवा अवरुद्ध भएको छ । प्रहरीकाअनुसार पृथ्वीराजमार्गको साना÷साना पहिरोको संख्या २० भन्दा बढी रहेको र सो पहिरो हटाउने कार्य भइरहेको छ ।
आज बिहान जोगिमाराको जावाङमा सडक माथिबाट आएको पहिरोले बा १३ च ७१४९ न।ं को जिपलाई पुरेपनि यात्रुभने सुरक्षित रहेका छन् । यसैगरी उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाको हिन्दूङमा पहिरो जाँदा बिचल्लीमा परेका ३४ परिवारलाई दुई दिनदेखि राहत सामग्री पु¥याउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।
पैदलमार्गबाट सो स्थानमा जान तीन दिन लाग्ने र पैदलमार्गसमेत पहिरो आएर जान नसकिने भएको उद्धार तथा राहत सेवा उपलब्ध गराउन नसकिएको हो ।
हिन्दूङ गाउँमा ९६ घर रहेपनि ३४ परिवालाई तत्काल राहत दिनुपर्ने गरी जिल्लाविपद् व्यवस्थापन समितिले निर्णय गरेको छ । रेडक्रसले अन्तर्राट्रिय गैरसरकारी संस्थाको सहयोगमा गैर खाद्यान्न सामग्री पु¥याउन तयारी गरेपछि हेलिकप्टरको अभावमा लान नसकिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला उपसभापति नारायण तिमल्सिनाले बताए ।