खोटाङ। पहाडी जिल्ला खोटाङमा हिउँदको समयका लागि खाद्यान्न जोगाउने परम्परागत चलन अझै जीवितै छ। जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा किसानहरूले हिउँदका लागि थाङ्ग्रो बनाएर मकै भण्डारण गर्न थालेका छन्। दश वटा स्थानीय तह रहेको खोटाङमा मकैलाई जिल्लाको पहिलो खाद्यबालीका रूपमा उत्पादन गर्ने गरिन्छ। यहाँका किसानहरूले वर्षभरि खान र गाईबस्तुका लागि दानाको जोहो गर्न खेतबारीमा…