उखु पेलेर परिवारको गुजारा

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीका ३० वर्षीय निमबहादुर चौधरी उखु पेल्नमै व्यस्त छन् । गर्मीयाम सुरु भएसँगै फागुन दोस्रो सातायता चौधरीको दैनिकी उखु पेल्ने मेसिनसँगै बित्छ । भीमदत्त–४ महेन्द्रनगरमा निमबहादुरले उखु पेल्ने काम थालेर मनग्य आम्दानी गरिरहेका छन् । उखु पेलेरै उनले तीन सदस्यीय परिवारको घरखर्च चलाइरहेका छन् । “गर्मीयाम सुरु भएकाले उखुको जुस…