मेलम्ची आयो, घरबेटीका लागि ! डेरामा बस्नेका लागि कहाँ हो र ?

काठमाडौँ। “एक भाँडो पानीका लागि लाइन बसेको अघि नै देखि हो खै पालो पनि आउँदैन,” काठमाडौँको जडीबुटीस्थित नरेफाँटको सार्वजनिक धारामा एक गाग्री पानी कुर्नेहरुमध्ये रेवती पौडेल भन्छिन् । उमेरले ६० नाघिसक्यो । एकभाँडो पानीका लागि लाइन बसेको एक घण्टा बितिसक्दा पनि पालो नआएपछि उनि भन्छिन्, “मेलम्ची आयो, घरबेटीका लागि । डेरामा बस्नेका लागि कहाँ हो…