दमौली। यहाँको म्याग्दे गाउँपालिकाले ९६ जना श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको छ । गाउँपालिकाको लक्ष्यअनुरूप अनौपचारिक क्षेत्रका श्रमिकहरूको आर्थिक अवस्था सबल बनाउन गाउँपालिकाले दुई चरणमा गरी ती श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको हो । चालु आर्थिक वर्षमा गाउँपालिकाले पहिलो चरणमा ६६ र दोस्रो चरणमा ३० जना श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरिसकेको छ । गाउँपालिकाका अध्यक्ष…