काठमाडाै । सुनसरीको वराहक्षेत्र नगरपालिकामा मेयर र कर्मचारीबीचको विवादले उग्र रूप लिएको छ। मन्त्रालयले खटाएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरी गर्न रोक लगाउँदै मेयरले सिधै कार्यकक्षमा ताला ठोकिदिएपछि नगरपालिकामा तनाव चरम उत्कर्षमा पुगेको छ।
आफ्नो अनुकूलको कर्मचारी नभएको भन्दै मेयरले प्रशासनिक प्रमुखलाई हाजिर हुन नदिई रमाना लिन वा फर्किन दबाब दिएका छन्। जनप्रतिनिधिको यस्तो स्वेच्छाचारी र गैरकानुनी हर्कतका कारण पालिकाको सम्पूर्ण प्रशासनिक काम ठप्प भएको छ भने जनता सामान्य कामका लागि पनि सास्ती भोग्न बाध्य भएका छन्। कर्मचारीतन्त्रमाथि मेयरको नाङ्गो हस्तक्षेप र तालाबन्दीको चौतर्फी विरोध र कडा आलोचना सुरु भएको छ।

प्रतिक्रिया