काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण भइरहेको ४६ मेगावाटको भोटेकोशी–५ जलविद्युत् आयोजनाले स्थानीय जनताको हितलाई ध्यानमा राखेर प्रमोटर शेयरमा समेट्ने भएको छ । आयोजनाका कार्यकारी अध्यक्ष मोहनविक्रम कार्कीले आयोजना प्रभावित व्यक्तिहरूले सहज रूपमा लगानी गर्न पाउने गरी शेयर संरचना तय भइरहेको जानकारी दिए । आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएपछि स्थानीयलाई शेयरवापत्को रकम संकलन गर्न लगाउने…