आन्तरिक हवाई सेवाको दायित्वसम्बन्धी विधेयक यात्रुमैत्री बनाउन खोजिएको हो – मन्त्री पौडेल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ‘गनेस’ले आन्तरिक वायुसेवा प्रदायकलाई थप उत्तरदायी र यात्रुमैत्री बनाउन आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न विधेयक ल्याइएको बताएका छन्। मंगलबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै मन्त्री पौडेलले विधेयक मूलतः आन्तरिक हवाई सेवासँग सम्बन्धित यात्रुको अधिकार, वायुसेवा प्रदायकको जिम्मेवारी र क्षतिपूर्तिको व्यवस्था…