काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले आगामी जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको तथ्याङ्क अनुसार वैशाख महिनाको तुलनामा जेठ महिनामा बैंकहरूको औसत ब्याजदरमा सामान्य गिरावट देखिएको छ । वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदर वैशाखमा ४.४ प्रतिशत रहेकोमा जेठ महिनाका लागि घटेर ४.३४३ प्रतिशत कायम भएको छ ।…