सिंहदरबार पुगेर प्रधानसेनापति सिग्देलले गरे प्रधानमन्त्री शाहसँग भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच शुक्रबार भेटवार्ता भएको छ।प्रधानमन्त्री शाहलाई भेट्न प्रधानसेनापति सिग्देल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन्। भेटवार्ता केही समयअघि सुरु भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। प्रधानमन्त्री कार्यालय स्रोतले प्रधानसेनापति सिग्देल र प्रधानमन्त्री शाहबीच भेटघाट भइरहेको पुष्टि गरे पनि छलफलको विषयबारे जानकारी नभएको जनाएको…