कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य

कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य


काठमाडौं । एनपीएलमा कर्णाली याक्सले चितवन राइनोजसामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको हो ।

कर्णालीका हुसेन तलतले सर्वाधिक ५१ रन बनाए । उनले ३३ बलमा ३ चौका र दुई छक्का प्रहार गरे । अरिफुल इस्लामले १५ बलमा ३५ रन बनाए भने गुल्सन झाले ६ बलमा १८ रन जोडे । र पवन सर्राफले १५ रन जोडे ।

चितवनका कमल ऐरी, उसामा मिर र सलाहुद्दिन खानले समान २-२ विकेट लिए । रिजन ढकाल र सिकन्दर राजाले एक-एक विकेट हात पारे ।

अंक तालिकामा चितवन राइनोज चौथो स्थानमा रहँदै प्लेअफमा पुगिसकेको छ । कर्णाली याक्स भने सातौं स्थानमा छ ।