पोर्चुगल पुगेका टेकबहादुरको शव समुद्रमा भेटियो

काठमाडौं । करिब २ साताअघि पोर्चुगलमा समुद्रमा डुबेर बेपत्ता भएका नेपाली युवकको शव फेला परेको छ । सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा गत चैत २४ गतेदेखि समुद्रमा बेपत्ता धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव भेटिएको हो । उनको शव समुद्री किनारमा भेटिएको बताइएको छ । उनीसँगै पोर्चुगलको मोन्तिजोस्थित समुद्रमा…