एनपीएल : कर्णालीले चितवनलाई हरायो

एनपीएल : कर्णालीले चितवनलाई हरायो


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा अलआउट भएर १२९ रनमा समेटियो ।

चितवनका लागि कामिल मिश्राले २५ रन बनाए । उनले १७ बलमा २ चौका र २ छक्का प्रहार गरे । कुशल मल्लले १५ बलमा १८ तथा देव खनालले १३ बलमा १४ रन जोडे । अशोक धामीले ७ बलमा ११ र उसामा मिरले अविजित २८ रन बनाए ।

चितवनको ब्याटिङलाई रोक्ने क्रममा कर्णालीका हुसेन तलातले ३ तथा पवन सर्राफ र मार्क वाटले समान २-२ विकेट लिए । सोमपाल कामीले १ विकेट हात पारे ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

कर्णालीका हुसेन तलतले सर्वाधिक ५१ रन बनाए । उनले ३३ बलमा ३ चौका र दुई छक्का प्रहार गरे । अरिफुल इस्लामले १५ बलमा ३५ रन बनाए भने गुल्सन झाले ६ बलमा १८ रन जोडे । र पवन सर्राफले १५ रन जोडे ।

चितवनका कमल ऐरी, उसामा मिर र सलाहुद्दिन खानले समान २-२ विकेट लिए । रिजन ढकाल र सिकन्दर राजाले एक-एक विकेट हात पारे ।

अंक तालिकामा चितवन राइनोज चौथो स्थानमा रहँदै प्लेअफमा पुगिसकेको छ ।