बरुण नदीमा १३२ मेगावाटको आयोजना नबनाउन प्रधानमन्त्री कार्यालयलाई पत्र

सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्याक्सिलास्थित मकालु–बरुण राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रभित्र पर्ने बरुण नदीमा जलविद्युत आयोजना निर्माण नगर्न जिल्ला समन्वय समितिले आग्रह गरेको छ। समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउँदै १३२ मेगावाट क्षमताको तल्लो बरुण खोला जलविद्युत आयोजना निर्माणको अनुमति नदिन आग्रह गरेको हो। जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले बरुण नदी धार्मिक…