गगनले निरन्तर देउवालाई फर्काउन खोज्दैछन्ः विनोद चौधरी

गगनले निरन्तर देउवालाई फर्काउन खोज्दैछन्ः विनोद चौधरी


काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विनोद चौधरीले सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवाबिच भित्री रूपमा ठूलो राजनीतिक समीकरण र सेटिङ चलिरहेको सनसनीपूर्ण खुलासा गरेका छन्।

थापाले बाहिर गुटबन्दी अन्त्य र नयाँ युगको भाषण गरे पनि भित्रभित्रै निरन्तर देउवालाई पार्टीको निर्णायक भूमिकामा फर्काउने कसरत गरिरहेको दाबी चौधरीले गरेका छन्।

महाधिवेशनपछि बनेको नयाँ कार्यसमितिभित्र शक्ति सन्तुलनको किचलो बढिरहेका बेला उपसभापति चौधरीको यो अभिव्यक्तिले सानेपामा ठूलो महा-भूकम्प ल्याइदिएको छ।

सभापति गगन थापाको दोहोरो चरित्र र देउवा पक्षसँगको गुप्त संवादको पर्दाफास गर्दै चौधरीले पार्टीलाई पारदर्शी र सिद्धान्तनिष्ठ ढङ्गले अघि बढाउनुको सट्टा शक्ति केन्द्र मिलाउने र देउवालाई पुनः हाबी गराउने खेल भइरहेको भन्दै कडा असन्तुष्टि पोखेका छन्।