Logo

कांग्रेसले सांसदको एक महिनाको तलब राहतमा दिने


काठमाडौं : नेपाली कांग्रेसले वाढीपीडितको राहतका लागि प्रत्येक सांसदको एक महिनाको तलब दिने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्येक सांसदको एक महिनाको तलब बाढीपिडितको राहतका लागि उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकपछि बरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकले देशमा आइपरेको प्राकृतिक विपदका बेला पीडितहरुलाई सहयोग गर्न तदारुकताका साथ लाग्न पार्टी पंक्ति नेता तथा कार्यकर्ता सबैलाई अपील पनि गरेको पनि जानकारी दिए ।

‘हाम्रो दलका जति सांसद छौं सबैले वाढी पीडितको राहतका लागि एक महिनाको तलब उपलव्ध गराउने निर्णय गर्यौँ’ बरिष्ठ नेता पौडेलले भने, ‘बैठकले बाढी प्रभावित क्षेत्रमा पीडितहरुलाई बैकल्पिक बासको व्यवस्था गर्न र उनीहरुलाई तत्काल खानेकुरा उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको छ।’

प्रधानमन्त्री निवास बालुवाटार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बसेको थियो। वरिष्ठ नेता रामचन्द्र पौडेलको आग्रहमा प्रधानमन्त्री तथा कांग्रेस सभापतिले बैठक बोलाएका थिए।

प्रतिक्रिया दिनुहोस्