चीनले खोल्ने भो तातोपानी नाका
प्रकाशित मिति : 15 August, 2017
प्रकाशित मिति : 15 August, 2017

काठमाडौ : चीन सरकारले तातोपानी नाका खुलाउन १५ अर्ब रुपैयाँ र प्राविधिक सहयोग गर्ने भएको छ ।
मंगलबार काठमाडौंमा सम्पन्न नेपाल–चीन उपप्रधानमन्त्री स्तरीय बैठकमा नेपाल–चीनबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतासँगै अरनिको राजमार्गलाई स्तरोन्नति गरेर तातोपानी नाका खुलाउन सघाउने पुग्ने भएको छ । उक्त रकम रसुवाको टिमुरेमा पुल निर्माणमा पनि खर्च गरिने अर्थ सचिव शान्तराज सुवेदीले जानकारी दिनुभयो ।
बैठकमा चीनका उपप्रधानमन्त्री वाङ याङले नेपालको स्थायित्व र विकासमा चीनले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । नेपाली पक्षले पनि तातोपानी नाका खुलाउन चिनियाँ पक्षको पुनःध्यानाकर्षण गराएको थियो । बैठकमा नेपाली पक्षको नेतृत्व उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्