नेपाल दोस्रो मैत्रिपूर्ण भलिबलमा आज बंगलादेशसँग भिड्दै
प्रकाशित मिति : 30 August, 2017
प्रकाशित मिति : 30 August, 2017

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोली आज पाहुना टोली बंगलादेशसँग दोस्रो मैत्रिपूर्ण खेल खेल्दै छ ।
ललितपुर लगनखेल स्थित आर्मीको कभर्ड हलमा हुने दोस्रो खेल दिउँसो ३ बजे हुने छ । यस अघि हिजो भएको खेलमा नेपाल राष्ट्रिय भलिबल टोलीले पाहुना टोली बंगलादेशमाथि रोमाञ्चक २५–२७, २५–१७, २५–१६, २५–२३को सेटले आफ्नो पक्षमा पार्न सफल भएको थियो । स्तर उन्नतिका लागि भन्दै नेपाल भलिबल संघले विदेशी प्रशिक्षण ल्याएर करिब तीन साता कम्जोर पक्षलाई सुधार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्