बाढीपीडित अझै पनि पालमुनि भोकभोकै रात काट्न विवश
प्रकाशित मिति : 30 August, 2017
प्रकाशित मिति : 30 August, 2017

मोरङ । मोरङका बाढीपीडितले भोकभोकै पालमुनि जाग्राम बसेर रात काट्नु गरेको गुनासो गरेका छन् ।
सरकारी संयन्त्र सबैको घरघरमा राहत पु¥यायौँ भनिरहेको बेला बाढीपीडितलाई आवास र खानपिनको व्यवस्था गर्न सरकारले प्रतिव्यक्ति दैनिक रु ७० प्रदान गर्ने भनिएको रकम अझै पीडित समक्ष पुगेको छैन् । विराटनगर–७ का बाढीपीडित अहिले पनि त्यस्तो सेवाबाट वञ्चित छन । सामान्य त्रिपालको भरमा बसेका र वर्षात भएको रात बिताउन जाग्राम नै बस्नुपर्ने बाध्यता छ ।
प्रतिक्रिया दिनुहोस्