Logo

युरोपियन क्षेत्रको छनौटमा पोर्चुगलकाे सहज जीत


एजेन्सी । विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको छनौटमा पोर्चुगलले सहज जीत निकालेको छ ।
सन २०१८ को रुसमा हुने विश्वकप छनोट अन्तर्गत बिहीबार राति भएको खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोकोे ह्याट्रिमा पोर्चुगलले फारोई आइसल्याण्डलाई ५–१ ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा विलियम कार्भालोले ५८ औं मिनेट र नेलसन ओलिभेराले ८४ औं मिनेटमा गोल गरेका थिए । आइसल्याण्डको लागि एक मात्र गोल रोग्भी बाल्डभिसनले ३८ औं मिनेटमा गरे ।
युरोपियन क्षेत्रको छनौटको समूह ‘बी’ मा रहेको पोर्चुगलले १८ अंक जोडेको छ । र, पोर्चुगल समुहको दोस्रो स्थानमा छ । समुह ‘बी’ मा स्वीट्जरल्याण्ड २१ अंक जोडेर शीर्ष स्थानमा छ । स्वीट्जरल्याण्डले बिहिबार राति एन्डोरालाई ३–० ले पराजित गरेको थियो । शिर्ष दुई टोलीलाई रुस विश्वकपमा स्थान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्