खाद्य संस्थानको कोठाभित्र एक पुरुष मृत भेटिए 

खाद्य संस्थानको कोठाभित्र एक पुरुष मृत भेटिए 


मकवानपुर ।

हेटौँडा–२, चौकीटोलस्थित खाद्य संस्थानको खुला कोठाभित्र शनिवार एक पुरुषको शव फेला परेको छ ।

अन्दाजी ५४ वर्षीय पुरुषको सुतिरहेको स्थानमा मृत अवस्थामा खाद्य संस्थानको कोठाभित्र शव फेला परेको हो ।

उनको पहिचान नखुलेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

हेटौँडा बजारमा प्लास्टिक बटुल्दै हिँड्ने उनी शनिवार बिहान मृत फेला परेका थिए ।

घटनास्थलबाट मुचुल्कापछि शव हेटौँडा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

शव पहिचानका लागि आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।