Logo

दशैंलाई काठमाडौं बाहिर जानेका लागि आजबाट टिकट बुकिङ खुला


काठमाडौं । दशैंमा काठमाडौं बाहिर जानेका लागि टिकट बुकिङ खुला भएको छ । शनिबार व्यवसायी र सरकार बीच कुरा मिलेपछि आज बाट टिकट बुकिङ खुल्ला भएकयो हो । आजबाट खुल्ला भएको टिकट बुकिङका लागि सर्वसाधारण रातिदेखि नै नयाँ बसपार्क पुगेर लाइनमा बसेका छन यद्यपि टिकट भने विहान ६ बजेबाट बितरण गरिने व्यवसायीले जनाएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको बैठकले यस अघि नै मंगलबारदेखि टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । यातायात व्यवसायीको मागबमोजिम छतमा सामान राख्न पाउने भएपछि बुकिङ खुला गर्न व्यवसायी तयार भएका हुन ।
उता यातायात व्यवसायीहरुले दशैंको मौका पारेर यात्रुहरुबाट अनावश्यक दुख दिने र मनपरी भाडा असुल्ने प्रवृत्तिको नियन्त्रणका लागि बर्षपार्कमा नै यातायात व्यवस्था विभागले अनुगमन टोली नै खटाएको जनाएको छ । सवारीसाधनले विभिन्न बहाना बनाई यात्रुबाट लिने तोकिएभन्दा बढी भाडादरको निगरानीका लागि विभागले संयन्त्र तयार गरेको हो । सरकारले तोकेभन्दा बढी भाडा असुल्ने सवारीसाधनलाई ५ हजारसम्म जरिवाना गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्