Logo

टिकटका आकांक्षीहरुकोआशा नेता डा कोइराला र डा रिजाल माथि


काठमाडौं । कांग्रेसका मुख्य नेताहरुको घरमा ठूलो भीड लागेके छ  ।  चुनाव घोषणा भएदेखि नै कांग्रेसका मुख्य नेताहरुको निवासमा टिकटका आकांक्षीहरुको भीड लागेको थियो । शनिवार संसदीय बोर्ड गठनमा कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइराला र डा मिनेन्द्र रिजाल सहित  पाँच जनालाइ थप गरेपछि टिकटका आकांक्षीहरुको भीड उनिहरूका निवासमा ह्रवात्तै बढेके छ ।

बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सडकसम्मै कार्यकर्ताको भीड लागेको थियो । त्यसैगरी नेता रामचन्द्र पौडेलको निवास बाहोराटारमा पनि ठूलो भीड लागेको छ । पौडेलले आउनेजति सबैलाई एकदुई मिनेट भेट्दै विदा गरिरहेका छन् । महामन्त्री डा. शशांक कोइरालाको निवासमा पनि कार्यकर्ताको भीड देखिएको छ ।

आफुहरुको भावना बुझेको नेता सम्मको अभावमा  आफ्ना कुरा राख्न नपाएका कार्यक्रर्ताहरुले डा द्धय संसदिय बोर्डमा परेपछि आफ्ना कुरा राख्न पाएको बताएका छन् । नेताहरु आफ आफ्ना गुट नेता कार्यक्रर्तालाई च्यापेका कारण सिधा साधा कार्यक्रर्ताले क्षेत्र जिल्लाबाट आएको सिफरिसको बारेमा सुनुवाई समेत  गर्ने नेताको अभाव भएको अहिले आफ्ना कुरा राख्न पाएको बताएका छन् ।  डा शेखर कोइरालाले आफ्नो निवाश स्थानमा पुगेका टिकटका आकांक्षीहरुलाई राजनिति अवस्था जिल्लाको बस्तुतिका आधरमा सकेसम्म न्याय हुने गरि टिकट बितरण गर्ने बताउनुभएको छ  ।

उता डा मिनेन्द्र रिजालले पार्टी भित्रका गुटउपगुटबाट प्रभावति नभै इमान्दार अनि पार्टीमा योगदान भएका नेता कार्यकर्तालाई उमेदवार बनाउन प्रतिबद्धता निवास पुगेका कार्यक्रर्तालाई गरेको बताएका छन । आफ्ना भावना पोखेका कार्यक्रर्ताले आफु माथि न्याय हुनेमा आशामा घर फर्कन थालेका छन ।

बुधबार सभापति शेरबहादुर देउवाले १७ सदस्यीय संसदीय बोर्ड गठन गरेका छन् । उम्मेदवार चयनको काम यही बोर्डले गर्नेछ । बोर्डमा खुमबहादुर खड्का पनि परेपछि उनको निवासमा समेत भीड लागेको छ ।  कांग्रेस केन्द्रिय सम्पादन समितिले केन्द्र र प्रदेशका हरेक निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकका तीनतीनजना दावेदारको नाम पठाउन परिपत्र जारी गरेको थियो । तर, अधिकांश जिल्ला समितिले समानुपातिकमा दर्जनौंको नाम पठाएको छ । यो कारण पनि नेता निवासमा भीड बढेको बताइएको छ ।

कांग्रेसको उम्मेदवार चयन प्रणाली पूर्ण रुपमा केन्द्र नियन्त्रित छ । यो कारण टिकटका आकांक्षीहरु हजारौंको संख्यामा काठमाडौं ओइरिएका छन् ।

अहिले काठमाडौंका होटल लज सर्वत्र कांग्रेस कार्यकर्ताको भीड रहेको छ । निर्वाचन आयोगले २९ असोजभित्र समानुपातिक उम्मेदवारहरुको बन्द सूची बुझाउन भनेको छ । यो कारण समानुपातिकका दावेदारहरुको बढि नै दौडधूप देखिएको छ

 

प्रतिक्रिया दिनुहोस्